कतारबाट आममाफीमा सहभागी ४३ नेपाली काठमाडौं आइपुगे

५ असार, काठमाडौं । कतारबाट आममाफीमा सहभागी ४३ नेपाली कामदार स्वदेश आइपुगेका छन् । कतार एयरवेजको विमानमार्फत उनीहरू शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल अवतरण गरेका हुन् ।

कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ ।

मध्यान्ह साढे १२ बजेतिर आइपुगेको क्युआर ३२३४ नम्बरको सोही उडानमा २० नेपालीको शव पनि ल्याइएको छ । कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो । ६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए । १० जनाको परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ ।

शुक्रबार शव ल्याइएकामा बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जीपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल छन् ।

त्यस्तै मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ । यी सबै शव सम्बन्धित परिवारको घरमै पु¥याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top