कोरोनाबाट विश्वमा ४ लाख ६३ हजारको मृत्यु, ८७ लाख ९५ हजार सङ्क्रमित

६ असार, जेनेभा।

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६३ हजार २६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८७ लाख ९५ हजार ३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ५३ हजार ८२१ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ७७ हजार ९५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Advertisement

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ९८ हजार १०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ४२४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १७ लाख १ हजार ११७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । ६८ हजार ८३० जनाको मृत्यु भएको छ । उत्तरर अमेरिकामा २६ लाख ६० हजार १५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । एक लाख ५२ हजार ५७३ जनाको मृत्यु भएको छ ।

Advertisement

युरोपमा २२ लाख ९३ हजार ४२५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने एक लाख ८७ हजार १५८ को मृत्यु भएको छ । एसियामा १८ लाख ४१ हजार ८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४६ हजार ८४१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ८९ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने सात हजार ७१९ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top