छात्रा शिक्षालाई उचाईमा पुर्याउने शिक्षासेवी अंगुरबाबा जोशीको निधन

६ असार ७७, आइतबार

६ असार, काठमाडौँ ।
प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको निधन भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

उनको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शनिबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । नेपालको छात्रा शिक्षालाई उनको महत्वपूणर् योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या (पीके) क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् ।

जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् ।
२००७ सालमा एसएलसी उत्तीणर् गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । त्यसपछि बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिला हुन् । साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन् ।

जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top