औषधि खरिदमा सांसदहरुले देखे स्वास्थ्यमन्त्रीको भूमिका शंकास्पद

८ असार, काठमाडौँ ।
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री, विज्ञ सल्लाहकार र मन्त्रालयका अधिकारीहरुको भूमिका माथि आशंका गर्दै प्रश्न उठाएका छन् ।

समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहसँग स्वास्थ्य सामग्री खरिद कार्यमा भएको अनियमितताका विषयमा छलफल गरेको छ । छलफलमा सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिन मन्त्री र विज्ञ सल्लाहकारले गरेको हतारोले पनि अनियमितता भएको स्पस्ट हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गत चैत १२ गते दिनभर हतामा बैठक गरेर काम गरेको देखिएकाले मन्त्री र सल्लाहकारलाई आशंका गर्ने ठाउँ देखिएको बताए । उनले १२ गते राती नै बैंकलाई, कम्पनीलाई, समूहलाई पत्राचार गरी काम गरिएको र पछि फेरी ठेक्का नै रोकेर क्यान्सिल गर्ने कार्यले अनियमितता भएको स्पस्ट हुने बताए । उनले भने ‘कामचाहिं यति जरुरी भएको देखिन्छ कि १२ गते दुईवटा बैठक एउटा एक बजे देखि कतिबजे सम्म, फेरी राती सातबजेपछि कति बजेसम्म बैठक बस्यो त्यो भन्न सकिदैन् । तर के चाहिं देखिन्छ भने राती सात बजेको बैठक सकिएर तय भएर अनेकौं पत्राचारहरु भएको छ । एउटा मात्रै होइन अनेकौं । बैंकलाई लेख्ने पत्र देखि लिएर समुहलाई लेख्ने पत्रदेखि लिएर अनि सम्बन्धित ओम्नी समुहले प्रतिवद्धता देखि लिएर जस्तो के भनिएको छ भने कोटेसनको बिल छनोट भएको र १२ गते साँझ बेलुका सात बजेबाट बैठक सुरु भएर वार्ता गरेर सिफारिस गरेको हो । १२ गते मन्त्रीस्तरबाट निणर्य भयो, छनौट भयो १२ गते नै कम्पनीलाई कार्य दिइयो । कम्पनीले १२ गते नै पत्राचार गर्‍यो १२ गते नै बैंकलाई पत्राचार भयो यस किसिमबाट राती १२/१ बजे सम्म यो सबै अड्डा कार्यालय बैंक कसरी खुला बस्यो मलाई आस्चर्य लागेको यहिं हो ।’ सांसद खतिवडाले ओम्नी समुहले ल्याएको स्वास्थ्य सामग्रीको गुणस्तर जाँच्नको लागि समेत ३/४ वटा कम्पनीलाई छनौट गरी पत्राचार भएको देखिएको तर ति संस्थाले सामग्रीहरु गुणस्तरीय छ भनेर जवाफ दिएको कतै नभेटिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि सांसद धर्मशिला चापागाईंले अनियमितताको आरेप आरोपका लागि मात्रै नलगाइएको बताए । उनले महामारीका बेला अनियमितता गरेको कुरा आउँदा जनताले राम्रो नसोचेको भन्दै अनियमितता गर्ने छुट कसैलाई नभएको बताए । उनले भने ‘यो आरोपका लागि आरोप होइन । कहाँकाहाँबाट हामीले कमजोरी गर्‍यौं यस्तो महामारीका बेला सत्य कति हो ? हाम्रो देशको प्रधनमन्त्रीलाई भन्न खोजेको होइन अरु देशको स्वास्थ्य मन्त्री र प्रधानमन्त्री त्यहाँका बिरामी देखेर रुन्छन हाम्रो देशको कर्मचारी साथिहरु यो ढंगले अनियमितता गरेको कुरा बाहिर आउँदा जनताले के बुझ्छन ? यस्ता अनियमितताका कुरा हामीलाई गर्न छुट छ ?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सूर्य प्रसाद पाठकले सामान ल्याउन नसकेको भन्दै ओम्नी समुहलाई रोक्ने काम भएकाले ओम्नीलाई समान ल्याउन दिने कमिटिले अनियमितताको जिम्मा लिनुपर्ने बताए । उनले कानूनको मात्रै प्रश्न नभएकाले नैतिकताको आधारमा पनि कमिटिले जिम्मा लिनुपर्ने बताए । उनले भने ‘मार्च ३० गते उसले केही सामानहरु ल्याएजस्तो लाग्छ । तर अर्को लटको सामान ल्याउन भन्दा पहिले ठेक्का रद्ध गरियो । किन रद्ध गरियो भने त्यो कम्पनीले समान ल्याउन सक्दैन त्यो कम्पनी विश्वसनिय रहेन त्यो कम्पनीले आफ्नो ड्युटी निभाएन भनेर ठेक्का रद्ध गरियो । त्यसो भए त्यो कम्पनीलाई सामान ल्याउनका लागि सिफारिस गर्ने कमिटिले यसको जिम्मा लिन पर्दैन । यो कानूनको मात्रै प्रश्न छैन् । यो नैतिकताको प्रश्न पनि हो । यसको नैतिक जिम्मेवारी कसले लिन्छ । आजको प्रमुख प्रश्न छ यो ।’

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले मन्त्रीका सल्लाहकारको भूमिका गअिरो सन्देहपूणर् देखिएको बताए । उनले मन्त्रीका सल्लाहकारले गरेको निणर्यको जिमेवारी मन्त्रीले नै लिनुपर्ने बताए । उनले भने ‘ एकै दिन सबै निणर्य भयो रातारात सबै दौडधुप पनि भयो कि सल्लाहकारलाई नै प्रमुख जिम्मा दिएर काम गरेको थियो । मैले बुझ्ने के हो भने सल्लाहकारको नेतृत्वमा भएको निणर्यको सबै जिम्मेवारी उहाँले सल्लाह जसलाई दिनुपर्ने हो त्यहिं पुग्छ । जव त्यसको कुनै औचित्य रहदैन् । ’

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले राजन केसीले चैत ९ गते मनोनित भएका सल्लाहकारलाई खरिद प्रक्रियाको संयोजक नियुक्त गर्न नै कानून विपरित भएको बताए । उनले यहि अनियमितताको विषय बाहिर आउने डरले तत्कालिन सचिव र डिजिलाई सरुवा गरिएको हुनसक्ने आशंका समेत व्यक्त गरे । उनले भने ‘एउटा यहाँ उठेको कुरा के हो भने सचिव, मन्त्री, राज्यमन्त्री, डिजि सबै बसेको मिटिङमा चैत ९ गने मनोनित हुनुभएका सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न संयोजकका रुपमा उहाँलाई अधिकार अधिकार दिइयो त्यो कानून अनुसार मिल्छकि मिल्दैन त्यसको जवाफ सचिवले दिनु पर्‍यो । यद्यपी सचिवज्यू त्यहाँ भर्खरै नियुक्त हुनुभएको छ । सायद यसै कारणले होला पहिलाको सचिव र डिजि त्यहाँ हुनुहुन्न । डिजि पनि भर्खरै आउनुभएको छ । भर्खर आयो भन्दैमा प्रश्न नसोध्ने कुरा पनि रहेन् । अभिछिन्न अधिकारी पनि हो उहाँ । एउटा कुरा क्लियर गरिदिनुपर्‍यको कि यो सार्वजनिक खरिद ऐन २०६३ को १ सय ४५ आकर्षित भएको देखिन्छ ।’

उहाँले कोरोना भाइरस रोगको सम्बन्धमा विज्ञको रुपमा नियुक्त गरिएको व्यक्तिलाई सामान खरिदको संयोजक बनाउनु नै अनियमितताको मनस्थिति देखिने बताए । उनले भने ‘नयाँ मान्छे जो ९ गते नियुक्त हुनुभएको छ । ११ गते उहाँलाई जिम्मा दिइसकेको छ । त्यो पनि खरिद जस्तो कुरामा । उहाँको नियुक्तिमा के भनिएको छ भने कोरोना भाइरस कोभिड १९ सम्बन्धी आवस्यक स्वास्थ्य समाधानको लागि सल्लाह दिने भनेर टिओआर छ । अव रोगको सल्लाह दिने मान्छेलाई सामान खरिदको संयोजक बनाउनु त्यसमा केही इन्टेन्सन देखियोकि भन्ने कुरा अहिले आएको छ ।’

समाजवादी पार्टीका सांसद प्रदीप यादवले स्वास्थ्य सामग्री खरिद कार्यमा खरिद ऐनको धज्जी उठाएको बताए । उनले मन्त्रीदेखि सचिव, कानूनी सल्लाहकार, विज्ञ सल्लाहकार सबैको मिलेमतो रहेको बताए । उनले भने ‘स्वास्थ्य सामग्री खरिदमा खरिद ऐनको धज्जि उडाइएको छ । त्यसमा बहालवाला मन्त्री देखि सचिव सम्म निर्देशक सम्म निजी सचिव सम्म कानूनि सल्लाहकार सम्म सबैको मिलोमत हामी देखिरहेका छौं ।’

बैठकमा उपस्थित भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले खर्च गरेको रकमको विषयमा जानकारी गराएका थिए । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले आफु भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएकाले खरिद प्रक्रियाको क्रममा भएका गतिविधिका सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top