यी हुन् कतारबाट जुन २७ मा स्वदेश फर्कने १७४ जना नेपाली

१० असार ७७, बुधबार

योगेन्द्र योगी
१० असार, दोहा ।

Advertisement

कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई २७ जुन मा नेपालका लागि दोश्रो उडान हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले असार ४ गते निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो ।

उक्त उडान २७ जुन अर्थात् असार १३ गते हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपाली स्वदेश फर्किने दूतावासले जनाएको छ । फर्किनेहरुको सूची दूतावासले सार्वजनिक गरेको छ ।

Advertisement

उक्त उडान अनुमतति र यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूतावासले जनाएको छ ।

हवाई टिकटका लागि नेपाल एयरलाइन्सको तोकिएको ट्राभल एजेन्टमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । साथै, हवाई भाडा, स्वास्थ्य परीक्षण लगायतका विषयमा यसअघि नै दूतावासले जानकारी गराईसकेको छ ।

Advertisement

दूतावासका अनुसार यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भै तोकिएको उडानमा विविध कारणले जान नसकेका यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।

साथै, यस उडानमा सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्ने यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्नेछन् । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सक्ने दूतावासले जनाएको छ । यसअघि २० शव, आममाफी पाएका ४३ जना सहित ३३७ जना नेपाली स्वदेश फर्किसकेका छन् । आज पनि एक सय पचास जना नेपाली स्वदेश फर्कदै छन् ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top