नेपाल काेराेना संक्रमणको चौथो चरणमा प्रवेश

काठमाडाैँ : काेरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ ।

स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ लागु गर्ने योजना बनाएको थियो ।

ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ ।

Advertisement

स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिकार्य योजनामा कोभिड–१९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ ।

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो १ हप्तामा थप ३ हजार ५०८ जनालाई संक्रमण देखिएको छ ।

Advertisement

तर अस्तव्यस्त क्वारेन्टीन, खुकुलो लकडाउन, पीसीआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नु लगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ । संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमणको स्रोत बन्दै गएका क्वारेन्टीनबाट दैनिक ६ हजार ७०० बाहिरिने गरेका छन् । पछिल्लो १ हप्तामा क्वारेन्टीनबाट ६ हजार ७४२ जना बाहिरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवारसम्म ८५ हजार ८१३ जना क्वारेन्टीनमा बसेका छन् । मंगलवार मात्रै ४ हजार ९१७ जना क्वारेन्टीनबाट निस्किएका छन् । गत बुधवार ७ हजार २११, बिहीवार ९ हजार ५८३, शुक्रवार ६ हजार ७५४, शनिवार ७ हजार २१६ जना क्वारेन्टीनबाट निस्किएका छन् ।, याे खबर आजकाे राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top