×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

भारतबाट थप नआए सलह सहजै नियन्त्रण हुने

१४ असार २०७७

काठमाडौं : नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे ।

मनसुनी वर्षाका कारण सलह कीराको बथान साना साना टुक्रामा विभाजित भएको र हावाको वेग उत्तरी-पश्चिमबाट पूर्वतिर गएको हुनाले यो नेपालमा छिरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट वैज्ञानिक डा. सुनिल अर्यालले बताए ।

Advertisement
Advertisement

अहिलको अवस्थामा नेपालमा यो कीरा नदेखिनुपर्ने हो तर अचानक देखियो, यसको नमूना ल्याएर ल्याब परीक्षण गरेपछि मात्र त्यसको सही विश्लेषण गर्न सकिने उनले बताए । ‘भारत र पाकिस्तानसँग बुझ्दा यो सलह कीरा नै हो भनेका छन् । तर, यसको वैज्ञानिक पुष्टि हुन बाँकी रहेको छ,’ उनले भने । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले वर्षका कारण ठूला झुण्डमा रहेका सलह कीरा विभाजन भएका छन् र त्यसको सानो टुक्रा नेपाल छिरेको छ ।

Advertisement
Advertisement

भारतबाट अझै छिर्यो भने यसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ, अहिले आएका जति नै रह्यो भने त्यसलाई सजिलै नियन्त्रण गर्न सकिने उनको भनाई छ । सचिव भारीका अनुसार भारतबाट अझै आएन भने नेपालमा यो बढ्ने सम्भावना धेरै कम रहेको छ किनकी यसले नेपालमा फुल पार्न सक्दैन, फुल पार्नका लागि मरुभूमि नै चाहिन्छ, त्यसैले अहिले त्यसलाई नियन्त्रण गर्न त्यति गाह्रो हुँदैन । ,याे खबर आजको गोरखापत्र दैनिकमा  छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top