धन ल्याउछु भन्दै उडेकाहरु बाकसमा फर्किँदै

१३ असार ७७, आइतबार

योगेन्द्र योगी
१४ असार, दोहा ।
आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिकालागिआफ्नो देश छाडेर रोजगारीका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारीका रुपमा लिइन्छ । नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर र कृषिमा पनि परम्परागत प्रणालीले गर्दा आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ । जसले गर्दा लाखौ नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भए र रोजगारीमा गएका युवाहरु मध्ये दैनिक एक जना त काठको बाकसमा फर्किने गरेका छन् ।

लोक गायक प्रकाश सपूतलेले भने जस्तै धन ल्याउछु भन्दै गएका थियौ,उडेर आकाशमा। कस्तो भइगयौ,कस्तो भइआयौ,काठको बाकसमा । यो गीतलाई चरितार्थ गर्दै सुन्दर सपनाहरु मनमा राखेर खाडी लगायत बिभिन्न देश पसेका नवजवान युवाहरु यसरी दैनिक काठको बाकसमा फर्किनु पर्दा कस्को मन नरोला र ?यस्तै, कोरोना र अन्य विभिन्न कारणले खाडी लगायत मलेसियामा मृत्यु भएर रोकिएका ८७ वटा नेपाली कामदारको शव नेपाली पठाईएको खाडीस्थित नेपाली दूतावासहरुले जनाएका छन् । विदेशबाट नेपालीहरुको स्वदेश फिर्ती सँगै त्यहाँ रोकिएका शव पनि नेपाल पठाईएको हो ।

Advertisement

नेपालमा लकडाउन भएपछि कोरोना लगायत अन्य विभिन्न कारणले ४० जनाको मृत्यु भएको र हालसम्म २० जनाको शव नेपाल पठाईसकिएको छ भने ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा अझै ११ जनाको शव रहेको छ । हालसम्म साउदीबाट २० वटा शव, मलेसियाबाट ३१ वटा शव, कुवेतबाट ७ जनाको शव नेपाल पुगिसकेको छ भने यूएईबाट ५ नेपालीको शव नेपाल पठाईसकिएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । यस्ता, बहराइनबाट ३ वटा शव, ओमानबाट १ वटा शवपनि नेपाल पुगिसकेको छन् । अझै बाँकी कतारमा ११ जनाको शव, साउदीमा ५९ शव र मलेसियामा २३ शव बाँकी रहेको त्यहा स्थित दूतावासहरुले जनाएका छन् । यस्तै यूएईमा १४ जनाको शव, कुवेतमा ५ जनाको शव र बहराइनमा १ जना शव नेपाल पठाउन बाँकी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top