Nepal Times
Nepal Times
3
Shares

आगलागीमा रु पाँच लाख क्षति

आगलागीमा रु पाँच लाख क्षति

राजविराज, १ वैशाख ः सप्तरीमा छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा आगलागी हँुदा परालका दुई कुन्यु , १० कट्ठा खेतबाट काटेर राखिएको गहुँ, दुई क्विन्टल तोरी र एक थान पम्पिङसेट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करीब रु दुई लाखको क्षति भएको पीडितले जनाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका– १४, रम्पुरा मल्हनीयाँका सोनाइ माझीको गहँु दाउने क्रममा थे्रसरबाट आगलागी हुँदा निजको एउटा गाई गोठ मर्नाका साथै गोठभित्र राखिएको १४ क्विन्टल गहँु, दुई क्विन्टल तोरी र फर्निचरका सामान जल्दा करीब रु तीन लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । दुवै ठाउँको आगो स्थानीय बासिन्दा, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले निभाएका थिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.