सत्याग्रही ‘ई’लाई अस्पताल पुगेर भेटे पारसले

१९ असार ७७, शुक्रबार
Share this
696shares

१९ असार, काठमाडौं ।
पूर्व युवराज पारस शाहले सत्याग्रहमा बसेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई अस्पतालमै पुगेर भेट गरेका छन् ।

Advertisement

शुक्रबार दिउँसो पारस सत्याग्रहीलाई भेट्न अस्पताल पुगेका हुन् । इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा बसेका थिए। कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनी सत्याग्रहमा बसेका हुन् ।

बिहीबार उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि राजधानीको मण्डिखाटारस्थित ह्याम्स ‍अस्पताल पुर्‍याइएको थियो। अर्का सत्याग्रही पुकार बम पनि अस्वस्थ भएपछि उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

Advertisement

अस्पताल पुगेका पूर्व युवराज शाहले अधिकारीका बुवाआमासँग पनि केहीबेर कुराकानी गरेका थिए । पोखरामा रहेका पारस बिहीबार मात्रै काठमाडौँ पुगेका थिए । यसअघि बिहीबार साँझ प्रधानमन्त्री ओलीले पनि अस्पतालमै पुगेर सत्याग्रहीहरुसँग भेट गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top