×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र

२३ असार २०७७

योगेन्द्र योगी
२३ असार, दोहा ।
कोरोनाको कारण कम्पनी बन्द भएपछि यूएईमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र परेका छन् । यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत बिभिन्न क्याम्पमा गरि २० देखि २५ हजार भन्दा बडी नेपाली काम बिहीन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५ सय देखि २ हजार ५ सय नेपालीहरु विगत चार महिना देखि काम बिहीन भएर बसेका छन् भने अन्य क्याम्पमा बसेका नेपालीहरुको पनि समस्या उस्तै रहेको छ ।

Advertisement
Advertisement

अहिले ती कामदारहरु मध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिसत काम बिहिन भएर चार महिनादेखि कोठामै बस्न बाध्य छन् । ‘कम्पनीले अहिलेसम्म बिहान बेलुकी दुई छाक खान दिएको तर अब कम्पनीले हामी पाल्न नसक्ने भनेपछि आफूहरु थप समस्या परेका छौँ’ –जयराम भने । अन्य देशको विमानस्थल खुल्दा नेपालको विमानस्थल नखुल्नु हाम्रो गल्ती हैन भन्दै कम्पनी पन्छिन थालेको उनले बताए ।

उनले भने– ‘कम्पनीको भनाई अनुसार अन्य मुलुकका नागरिक हरुलाइ कहिले आफैँ फ्लाइट चार्टर गरेर त कैले रेगुलर फ्लाइटमा आफ्नो मुलुक पठाईसके जुन हामीले देखिरहेका छाैँ ।’

उनले स्वदेश जानका लागि यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको फाराम भरेकामध्ये ५०/६० जनाको मात्र नाम आएको बताए । उनले भने–‘कतिपयले यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेको र ती मध्येबाट ५०/६० जनाको नाम आएको छ । अब के बाँकी अलपत्र परेकोहरु घर जान नपाउने त ?’

यो समस्या पटक पटक दूतावासमा राख्दा पनि गुनासो पनि नसुनेको उनले बताए । अन्य धेरै नेपाली कामदारले कम्पनीले पठाउँछ भनेर फारम नै नभरेको र कतिपयलाई फारम भर्ने बारे कुनै पनि जानकारी नभएकोले अवस्था झन् जटिल बनेको उनी सुनाउँछन् । उनी भन्छन् – ‘यहाँ कम्पनीले हामी आफैँ विमान चार्टर गरेर नेपाल पठाइ दिन्छाैँ भन्छ, दूतावासले अनुमती दिदैन । कम्पनीले यहि जुलाई १५ तारिखसम्ममा कि टिकट काटेर ल्याऊ होइन भने अन्य काम खोजेर अफर लेटर ल्याऊ अब हामी पाल्न सक्दैनौ भनेको पनि आज ५ दिन भयो ।’

दूतावासको लिस्टमा नाम आउनेहरुलाई पनि कम्पनीले टिकट उपलब्ध गराएको छैन । अपिसमा गएर सोध्यो भने तिमीहरु आफैँ टिकट काटेर आउ हैन भने पर्ख भन्ने गरेको उनीहरु बताउँछन् । ‘न कम्पनीले आफैँ पठाउँछौँ भन्छ नत आफुहरुसँग पैसा नै छ’- उनीहरुको गुनासो छ ।

आफूहरुको समस्या नेपाल सरकार,नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइ दिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेको उनले बताए । यता यस बिषयमा यूएईमा रहेको नेपाली दूतावासमा बुझन खोज्दा सम्पर्क हुन सकेन।

Advertisement

फ्लाइट उद्दार उडान भएको १६ दिन बितिसक्दा एक जना नेपाली पनि ट्रान्सगर्ड ग्रुप कम्पनीबाट स्वदेश फर्कन सकेका छैनन् । ट्रान्सगार्ड यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top