इंग्लिस प्रिमियर लिगः टोटनह्यामद्वारा एभर्टन १–० ले पराजित

२२ असार ७७, मंगलबार

२३ असार, एजेन्सी । टोटनह्याम हट्सपरले इंग्लिस प्रिमियर लिगमा महत्त्वपुर्ण जित हात पारेको छ । टोटनह्यामले एभर्टनमाथि १–० को आत्मघाती गोलको सहयोगमा झिनो जित निकालेको हो ।

Advertisement

टोटेनह्यामकै मैदानमा सोमबार राति भएको खेलमा पहिलो हाफमा माइकल किनले गरेको आत्मघाती गोल नै टोटेनह्यामको जितमा पर्याप्त बन्यो । उनले खेलको २४औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ह्यारी केनको प्रहारलाई क्लोज रेन्जबाट मासन होल्गेटले बचाएपनि जियोभानी लो सेल्सोको प्रहार माइकल किनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

Advertisement

खेलमा मौका पाए पनि थप गोल निस्कन नसक्दा टोटेनह्याम १–० ले विजयी हुन सफल भयो ।

जितसँगै टोटेनह्याम ३३ खेलबाट ४८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन ४४ अंक जोडेर ११ औं स्थानमा यथावत छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top