नेपाली राजनीतिका किङमेकर- पहिले भारत, अहिले चीन !

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन खोजेको बताएपछि जिम्मेवार निकायमा बसेको व्यक्तिले अपरिपक्व अभिव्यक्ति दिएको टिप्पणीसहित नेकपा स्थायी समिति बैठकमा उनको राजीनामा मागिएको छ।

असार १४ मा मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारत आफूलाई हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै बसेको स्थायी समिति बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनामा भारतले मागेको नभई आफूले मागेको बताएका थिए। त्यसयता दाहालसहित नेताहरू माधव नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्रीको राजीनामालाई मुख्य अजेन्डा बनाइरहेका बेला आइतबार साँझ चिनियाँ राजदूत होउ याङ्छीले नेता नेपाललाई भेटेकी छन्।

नेकपाभित्र चर्को विवाद र धु्रवीकरण भइरहेका बेला राजदूत याङ्छीले नेता नेपालसँग भेटेकी हुन्। यसअघि गत वैशाखमा पनि नेकपाभित्र विवाद चर्केपछि उनले सक्रियता देखाएकी थिइन्। उनले वैशाख १९ अध्यक्ष दाहाल र नेता नेपाल तथा वैशाख १८ गते प्रधानमन्त्री ओली र त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन्। उनले नेताहरूसँग भेटघाट तीव्र बनाएसँगै तत्कालका लागि नेकपाभित्रको विवाद मत्थर भएको थियो।

याङ्छीले आइतबार साँझ नेता नेपाललाई भेट्नुमा पनि नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशीको यो सक्रियताको आलोचनासमेत भएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विट गर्दै भनेका छन्, ‘हामीले हाम्रो आन्तरिक राजनीतिमा वैदेशिक शक्तिद्वारा हुने सबै किसिमका षड्यन्त्रको खण्डन गर्छौं। सार्वभौम मुलुकका रूपमा नेपाल आफैं निर्णय गर्न सक्षम छ, हामी आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्ति अस्वीकार गर्छौं।’ चिनियाँ राजदूतले नेता नेपाललाई भेटेको विषय सार्वजनिक भएसँगै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य श्रेष्ठले यस्तो ट्विट गरेका हुन्। ,याे खबर नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top