Nepal Times
Nepal Times
3
Shares

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो विश्व रेकर्ड

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो विश्व रेकर्ड

२३ असार, एजेन्सी ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलर सोमबार रिलिज भएको छ ।

ट्रेलरलाई लाखौंले मन पराएका छन् र यसैकारण यसले विश्व रेकर्ड बनाएको छ । ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ । ट्रेलर रिलिन हुनु अघि नै ५५ हजार लाइक्स भिडियोले पाइसकेको थियो ।

फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन् । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.