×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने दाबी

२३ असार २०७७

२३ असार, काठमाडौं ।
कोभिड–१९ का कारण दक्षिण एसियाका मानिसको जनजीवनमा अपूर्व खाद्यसंकट आउने दाबी गरिएको छ ।

एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने उल्लेख छ । इन्टरनेसनल फुड पोलिसी ग्लोबल रिसर्च इन्स्टिच्युट (आईएपीआरआई) ले सार्वजनिक गरेको प्रतिवेदमा उक्त क्षेत्र खाद्यान्न र पोषणका हिसाबले असुरक्षित रहेको जनाइएको छ ।

Advertisement
Advertisement

आईएपीआरआई दक्षिण एसियालगायत विभिन्न संस्थाले सोमबर गरेको भर्चुअल कार्यक्रममा जानकारहरुले कोभिड–१९ का कारण दक्षिण एसियाली खाद्यान्न प्रणालीमा परेको प्रभावबारे चर्चा गरेका हुन् । दक्षिण एसिया क्षेत्रको खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी, दिगो र लचिलो बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

खाद्यान्न तथा पोषण क्षेत्रमा क्रियाशील संघसंस्था तथा विज्ञहरुले भने कोभिड–१९ का कारण केही अवसर उपलब्ध भएको देखिए पनि प्रायः मानिस त्यसलाई उपयोग गर्न असमर्थ रहेका जनाएका छन् । ‘विद्यमान खाद्यान्न प्रणालीले खाद्यान्न र पोषण सुरक्षा, आयआर्जन र समावेशी आर्थिक वृद्धिका लागि केही अवसरसमेत प्रदान गरेको छ ।

तर प्रायः मानिस सुरक्षा तथा फाइदाका लागि आफूलाई सहभागी गराउन असमर्थ छन्,’ आईएपीआरआईका महानिर्देशक जोहान स्विनेनले भने । हालको संकटपूर्ण अवस्थामा समावेशिता नै पीडित मानिसलाई बचाउन सबैभन्दा उपयुक्त माध्यम हुने उनले भने ।

भारतीय नीति आयोगका सदस्य रमेश चन्दले खाद्यान्न प्रणालीका नयाँ आयामबारे सोच्नुपर्नेमा जोड दिए । नेपाल दुई दशकयता पेसागत कृषि क्षेत्र र युवा प्रवासनमा असामान्य संरचनागत परिवर्तनतर्फ गइरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बताए ।

नेपालमा विप्रेषणको भरोसा घट्ने भएकाले लाखौं मानिसका लागि लाभदायक काम अत्यावश्यक हुने उनको भनाइ छ । दक्षिण एसियाको कृषि क्षेत्रमा परिवर्तन भइरहेको आईएपीआरआईका दक्षिण एसिया निर्देशक सहिदुर रसिदले बताए । ‘वास्ताविक ज्याला बढिरहेको छ ।

Advertisement

कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घटिरहेको छ । साथै गैरकृषि क्षेत्रको रोजगारीले कृषि क्षेत्रलाई प्रभावित पारेको छ,’ उनले भने ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top