सुदूरपश्‍चिममा संक्रमितको संख्या ३५४२, कैलाली र अछाम उच्च जोखिममा

२२ असार ७७, मंगलबार

२३ असार, काठमाडौं ।
सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ३५ सय ४२ पुगेको छ ।

जसमा ८ सय ११ महिला र २७ सय ३१ जना पुरुष छन् । सोमबार साँझसम्म ९ सय ४ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म सातजनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । संक्रमितमध्ये कैलालीका ९५० जना छन् ।

यस्तै अछामका ५५४, बैतडीका २८३, बझाङका १३९, बाजुराका ३९०, डडेल्धुराका २६७, दार्चुलाका १७, डोटीका ५१४ र कञ्‍चनपुरका ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । फलोअप केसलाई यसमा समावेश नगरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ६ हजार १०७ जना अझै क्‍वारेन्टिनमा रहेको मन्‍त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top