इंग्लिस प्रिमियर लिगः चेल्सी र वाट्फोर्ड विजयी, लेस्टर र अर्सनलले बराबरी खेले

२३ असार ७७, बुधबार

२४ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा शीर्ष ३ मा रहेर लिग टुंग्याउने दिशामा रहेको चेल्सीले क्रिष्टल प्यालेसलाई ३—२ ले पराजित गरेको हो ।

खेलको छैटौँ मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको चेल्सीका लागि क्रिष्टियन पुलिसिकले २७ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।

३४ औँ मिनेटमा विलफ्रेड जाहाले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए । ७१ औँ मिनेटमा चेल्सीका लागि ट्यामी अब्राहमले गोल गरे भने ७२ औँ मिनेटमा क्रिष्टियन बेनटेकले गोल गरे ।

Advertisement

तेस्रो स्थानको चेल्सीको ३४ खेलबाट ६० अंक भएको छ । पराजित भएको क्रिष्टल प्यालेस ३४ खेलबाट ४२ अंकसहित १४ औँ स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ ले पराजित गरेको छ । यस्तै अर्को खेलमा लेस्टर सिटी अर्सनलसँग बराबरीमा रोकिएको छ ।

Advertisement

१० खेलाडीमा सीमित सिटीले भएको आर्सनलसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । २१ औँ मिनेटमा पिएर एमरिकको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो ।

७५ औँ मिनेटमा एडी एनकेटिया सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो ।

८४ औँ मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरेर टिमलाई हारबाट जोगाए । चौथो स्थानमा रहेको सिटीको ३४ खेलबाट ५९ अंक भएको छ ।

आर्सनल ५० अंकसहित सातौँ स्थानमा कायम छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top