प्युठानमा खोलाले बगाउँदा एक महिला बेपत्ता

२३ असार ७७, बुधबार

२४ असार, प्युठान ।
खोलाले बगाउँदा प्युठानमा एक महिला बेपत्ता भएकी छिन् ।

स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको प्रहरीले जनाएको छ । रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top