सिन्धुलीको कमला नदीको पुल तोकिएको समय अघि नै निर्माण

२४ असार ७७, बुधबार

२४ असार, सिन्धुली ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका कमला नदिमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको छ ।

Advertisement

कालिका रुसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको निर्माण कार्यले लकडाउनमा समेत तिब्रता पाउँदा एक वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । तोकिएको समय भन्दा एक वर्ष अघि पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

२०७४ मंसिर २७ गते ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली दुधौली नगरपालिका वडा नं. ९ र ११ जोडने कमला नदिमा निर्माण गरिएको पूल सम्झौता अवधि भन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भएको छ । कालिका रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको पुल २०७८ जेठ २७ गते बmुझाउनु पर्नेमा ११ महिना अघि नै निर्माण सम्पन्न भएको कम्पनीका प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले बताए ।

Advertisement

सम्झौता पछि ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेकाले ९ महिना पछि मात्रै निर्माण कार्य सुरु भएको थियो । तर पनि स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, जनशक्तिमा कुनै समस्या नहुनु र कम्पनीले नियमित भुक्तानी गरेका कारण पुल निर्माणको कार्य एक वर्ष अघि नै सम्पन्न भएको ढकालले बताए ।

                                               

Advertisement

कुल ६ सय मिटर लामो यो पुल प्री स्ट्रेस मोडलमा बनेको छ । पुलको कुल लागत करिब साढे ६६ करोड रुपैयाँ रहेको ढकालले बताए । दुधौली नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुमार लामाले पुल निर्माण भएपछि सिन्धुलीका अधिकांश क्षेत्रका बासिन्दाहरुलाई सहज भएको बताए ।

पुल बनेपछि यस क्षेत्रका मानिसहरुलाई आवतजावत गर्न, विद्यालय तथा क्यम्पस जान, उपचारका लागि अस्पताल जान र खेतिपातिका लागि समेत सहज भएको उनले बताए । निर्माण कम्पनीको इमान्दारिताका कारण तोकिएको समय भन्दा एक वर्ष छिटो निर्माण सम्पन्न भएकोमा आफुहरु खुशि भएको लामाले बताए।

पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयहरु पुल निर्माण भएपछि खुशि भएका छन् । पुल नभएकै कारण विरामीको अकालमा ज्यान जानुपर्ने अवस्थाको अन्त्य भएको, विद्यालय र क्याम्पस जान सहज भएको, खोतिपातिका लागि समेत सहज भएको स्थानीयहरु बताउँछन् ।

प्री स्ट्रेस मोडलमा निर्माण गरिएको ६ सय मिटर लामो पुलको वारी र पारी २ सय ५० मिटरका दरले सडक पिच गर्ने कार्य पनि सम्पन्न भएको छ । लकडाउनमा पनि नियमित काम गरिएकाले तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top