अतिक्रमित जग्गाको संरक्षणका लागि ३० वटा पार्क बनाउँदै महानगर

२४ असार ७७, बिहीबार

काठमाडौँ : काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुुभयो । प्रमुुख शाक्यले भन्नुभयो, “खुला तथा सार्वजनिक जग्गा संरक्षण तथा ऐतिहासिक एवं वातावरणीय दृष्टिले महŒवपूर्ण स्थानको सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौँ ।”

“काठमाडौँ महानगर घना बस्तीले भरिएको सहर हो । त्यसैले महानगरवासीलाई खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अगाडि बढाएका हौँ”, उहाँले थप्नुभयो, “हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौँ अभियानलाई समेत प्राथमिकतामा राखेका छौँ ।”

Advertisement

महानगरले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, शहीद पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क, महिला मैत्री पार्कलगायत छन् । महानगरले ड्रिम परियोजनाका रूपमा अगाडि बढाएको मेगा हलमा पनि ६० प्रतिशत ठाउँमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माणका लागि भृकुटीमण्डपमा अहिले करिब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरको सहरी योजना आयोगले जानकारी दिएको छ ।

त्यसैगरी महानगरले आर्थिक वर्ष २०७६÷७७ मा शहीद धर्मभक्त माथेमा पार्क, हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसर पार्क, टुँडालदेवी पार्क, टुसाल पार्क निर्माण सम्पन्न गरेको छ ।, याे खबर गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top