प्रहरी थुनाबाट कैदी हत्कडीसहित फरार

२५ असार ७७, बिहीबार
Share this
662shares

२५ असार, धनगढी।
कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्।

Advertisement

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको पुष्टि गरे ।

उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्ष जबराले बताए। ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए।

Advertisement

उनले मंगलबार दिउँसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top