×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले कूटनीतिक नोटमार्फत असहमति जनाएको तथ्य बाहिरियो

२५ असार २०७७

२५ असार, काठमाडौँ ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकोप्रति भारतले औपचारिक कूटनीतिक पत्र पठाएर विरोध जनाएको खुलेको छ ।

यसअघि भारत सरकारले नेपाललाई कूटनीतिक नोट पठाएर विरोध जनाएको बारे सरकारले औपचारिक जानकारी दिएको थिएन ।  भारतले असार १० गते नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको जानकारी परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको संसदीय समितिलाई जानकारी दिएपछि उक्त कुरा सार्वजनिक भएको छ ।

Advertisement
Advertisement

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा भारतले कूटनीतिक नोट पठाएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिएका हुन् ।

भारतले नेपाली भूमिलाई उसको नक्सामा राखेपछि नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताका लागि तीनपटक चिठी लेखेको रहेछ । जसमा भारतले कुनै पनि प्रतिक्रिया नदिएको पाइएको छ, बिडारीले भने, नेपालले नक्सा जारी गरेपछि भने भारतले असार १० गते कूटनीतिक नोट लेखेर विरोध गरेको जानकारी परराष्ट्रले दिएको छ ।

गत नोभेम्बरमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेको थियो । त्यसयता नेपालले पटकपटक सीमाबारे वार्ताका लागि समय तोकेर पत्र पठाएको थियो । तर, भारत सरकारले भने नेपालको पत्रप्रति चासो दिएको थिएन । कुनै प्रतिक्रिया दिएको थिएन ।

लिम्पियाधुरा भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गर्दै आएको थियो । त्यतिबेला पनि नेपालले भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट पठाएको थियो ।

भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेको थियो । उसले नेपालका केही कुरा भएमा कोरोना भाइरसको प्रकोप सकिएपछि वार्ता गर्ने भन्दै आएको थियो । नेपालसँग वार्ता टार्दै आएको भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि भने नेपालले नक्सा जारी गरेको थियो । नेपाल सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो ।

Advertisement

नेपालले नक्सा जारी गरेको एक महिनापछि भारतले कूटनीतिक नोट पठाएको हो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top