अन्नपूर्ण गाउँपालिकाको अभियान- ‘एक कृषक, एक दुहुनो गाईभैँसी’

२४ असार ७७, बिहीबार

२५ असार, कास्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।

कृषकलाई पशुपालनतर्फ आकर्षित गर्दै दुग्ध उत्पादनलाई दीगो तथा व्यवस्थित गराउन पशुधन बीमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनका अनुसार बहुवर्षे भुइँ घाँस, पोषिलो हिउँदे घाँस र बहुवर्र्षे डालेघाँसका बिरुवा लगाउने जस्ता कार्यक्रम सञ्चालन गरी कृषकको दुग्ध उत्पादन लागत घटाइनेछ । दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति अङ्गीकार गरिने उनले जानकारी दिए ।

Advertisement

उनले व्यावसायिक पशुपालन, पशु बीमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैँसी तथा बाच्छाबाच्छी तथा पाडापाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम अघि बढाइने बताए । दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैँसीपालन कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ । व्यावसायिक पशुपालनमार्फत रोजगार सिर्जना गरी युवालाई गाउँभित्रै स्वरोजगार बनाउनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराई युवालक्षित पशुपालन कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

पशुपालक कृषकमा सीप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजान कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । उनका अनुसार व्यावसायिक पशुपालकलाई उत्प्रेरित गर्न विभिन्न तालिम तथा प्रोत्साहनका साथ दलित, जनजाति, महिला तथा विपन्न वर्गमा विशेष प्राथमिकता दिइ पशु विकास कार्यक्रम सञ्चालन गरिनेछ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top