गोबरगाढा ‘टापु’मा कोसीको बाढी पस्यो, ८० घरधुरी जोखिममा

२६ असार ७७, शनिबार

२७ असार, सप्तरी ।
निरन्तरको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।

यससँगै कोसीको मध्य भागमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा गाउँसँग सम्पर्क विच्छेद भएको छ । चारैतिरबाट कोसी नदीले घेरिएको टापु भनेर चिनिने बाढी पसेपछि जलमग्न भएको छ । हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार गोबरगाढामा ८० घरधुरीमा करिब २ सय जना छन् ।

चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले बताए । शुक्रबार रातिदेखि घरघरमा दुई फिटसम्म पानी पसेको र बस्तीको चारैतिर कोसी नदीको बाढीले घेरिएका कारण निस्कन सक्ने अवस्था नरहेको वडाध्यक्ष यादवले बताए ।

Advertisement

बस्तीका सर्वसाधारणलाई ओहोरदोहोर गर्न यसअघि नै डुंगाको व्यवस्था गरिए पनि स्थानीयहरु टापुबाट बाहिरिएका थिएनन् । शुक्रबार रातिदेखि घर–घरमा पानी पसेपछि गोबरगाढाको जनजीवन निकै नै प्रभावित भएको वडाध्यक्ष यादवले जनाए ।

मेयर शैलेशकुमार साहले गोबरगाढा टापुमा फसेकाहरुलाई त्यहावाट निकाल्ने तयारी भइरहेको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारीले पनि गोबरगाढाका स्थानीयलाई निकाल्ने व्यवस्था मिलाइरहेको बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top