पछिल्लो २४ घण्टामा विश्‍वभर २ लाख २८ हजारभन्दा बढीमा कोरोना संक्रमण

२७ असार, एजेन्सी ।
विश्व स्वाथ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् । यसभन्दा पहिले जुलाई ४ मा एकैदिन २ लाख १२ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म विश्वभर एक करोड २४ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणका कारण ५ लाख ५९ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६८ लाखभन्दा बढी निको भएका छन् ।

Advertisement

कोरोना महामारीबाट सबैभन्दा पीडित अमेरिकामा अहिलेसम्म एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ लाख ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १८ लाख नाघेको छ भने ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या करिब ८ लाख पुगेको छ । शनिबार बिहानसम्म भारतमा २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ भने करिब ५ लाख निको भएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top