NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र बिहिबार असार २६ , २०८२
Next
Prev

समाचार

पशुपतिको जग्गामा व्यक्तिको रजाइँः सरकार बेखबर

शनिबार असार २७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
पशुपतिको जग्गामा व्यक्तिको रजाइँः सरकार बेखबर

kz'kltsf] hUufdf JolQmsf] /hfOF sf7df8f}F,@& c;f/ M kz'klt If]q ljsf; sf]ifsf] :jfldTjdf /x]sf] sf7df8f}Fsf] uf]7f6f/l:yt hUuf cltqmd0f u/L agfOPsf] t]h ljgfos dfWolds ljBfno . t:jL/M l;aL clwsf/L÷/f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ असार, काठमाडौं ।
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिरसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ ।

कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी लाखौँ रुपैयाँ बराबरको बालुवा अवैध तरिकाले निकासी हुने गरेको छ ।

कोषको उक्त जग्गामा एक सरकारी विद्यालय, ३० भन्दा बढी टहरा तथा केही घर अतिक्रमण गरी बनाइएको छ । गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको हो । जग्गाभित्र अहिले विभिन्न घुम्ती पसल, व्यक्तिगत मनोरञ्जनस्थल, सवारीसाधन सिक्ने ठाउँ आदिका नाममा कोषको जग्गा अतिक्रमण भइरहेको छ ।

Advertisement

उक्त जग्गामा दैनिकरुपमा २५ ट्रकभन्दा बढी बालुवा चोरी हुँदासमेत सम्बन्धित पक्ष बेखबर बनेको छ । आफ्नो चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो तर, कोषको कार्यलयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिनसक्ने भए पनि बेवारिसे आवस्थामा छाडिएको छ ।

कोषको जग्गामा तेजविनायक माध्यमिक विद्यालयले समेत धमाधम भवन निर्माण गरिरहेको छ । व्यक्ति विशेष घर टहरा, दाहालको कूलदेवता मन्दिर, जसले स्थानीयको मनपरि र दादागिरी चलेको पुष्टि गर्छ । तर, कोष भने रमिते मात्र बनेर बसेको पाइएको छ ।

राजधानी काठमाडौँको सुगमस्थलमा रहेको कोषको जग्गा आर्थिक उपलब्धि मात्र हैन रमणीय धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य पनि बन्ने प्रसस्तै आधार रहेको उक्त स्थानमा कोष तथा सरोकारवाला निकायको बेवास्ताले गर्दा व्यक्ति तथा संस्थाले रजाइ गरिरहेका हुन् ।

कोष मातहतका जग्गा चौतर्फी अतिक्रमणमा परिरहँदा कोषले निर्णायक कदम चाल्न सकेको छैन । गत वर्ष कोषले अतिक्रमणमा परेको जग्गा खाली गर्न पत्राचार तथा स्थलगत रुपमा माइकिङ गरेर आग्रह गरे पनि उनीहरुले अटेर गरेको कोषले जनाएको छ । पछिल्लो पटक बन्दाबन्दीको मौका छोपेर नयाँनयाँ टहरा थप्ने र जग्गा अतिक्रमण गर्ने क्रम बढिरहेको देख्न सकिन्छ ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालले अतिक्रमणमा परेको कोषको जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि कोषले काम शुरु गरे पनि प्रभावकारीरुपमा अगाडि बढाउन नसकिएको बताए । “दैनिक बालुवा चोरी हुने खबर कोषलाई आइरहेको छ, तर सिमानाको यकिन नापचाँज भई तारबार लगाउन नसक्दा यसलाई नियन्त्रण गर्न सकिएको छैन”, ढकालले भने ।

सीमाङ्कनका लागि नापी कार्यालयलाई पत्राचार गरिएको भए पनि हाल काम अघि नबढेको बताइन्छ । कोषका कोषाध्यक्ष डा मिलन थापाले कोषको जग्गाबाट वार्षिकरुपमा रु ४० देखि ५० लाख मूल्यको बालुवा चोरी निकासी भइरहेको स्वीकार गर्दै स्थानीयको अतिक्रमणमा परेको जग्गाको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कोष निरिह बस्नुपरेको स्वीकार गरे ।

कोषका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गत पुस २६ गते सो क्षेत्रको स्थलगत निरीक्षण गरी जग्गाको संरक्षणको लागि घेरा पर्खाल लगाउने, सो जग्गामा गौशाला निर्माण, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रवचन केन्द्र, पशुपति अध्ययन केन्द्र÷प्रतिष्ठान, अस्पतालसहित समावेश गरी पशुपति ग्राम गुरुयोजना बनाउन निर्देशन दिएका थिए ।

मन्त्री भट्टराईले जग्गाभित्र पर्ने सानातिना डाँडा, उपटखापटलाई सम्याएर, पर्यटकीयस्थल, पार्क, अन्य भौतिक संरचना निर्माणका साथै जग्गाको माटो बिक्री गरेर कोषको आम्दानी बढाउन सकिनेसमेत बताए । पर्यटन मन्त्रालय मातहतकै नागरिक उडड्यन प्राधिकरणले अहिले त्रिभुवन विमानस्थल विस्तारको दोस्रो चरणको काम अगाडि बढाइरहेको छ ।

जसका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्कासमेत पाइसकेको छ । यसअन्तर्गत उत्तरतर्फको खाल्डो जमिनमा माटो भर्नुपर्ने छ । कोषको उक्त जग्गाको माटो÷बालुवा विमानस्थलको विस्तारको सो काममा लगाउँदा मात्र कोषलाई एक अर्बभन्दा बढी आम्दानी हुने बताइन्छ ।

त्यसो त, यो जग्गाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ । आयोगले कोषलाई पत्राचार गरी कोषको बृहत्तर हितमा ध्यानमा राखी सो जग्गा प्रयोगमा ल्याउन भनेको छ ।

 गुरुयोजनाअन्तर्गत सो जग्गामा पशुपति हिन्दू विश्वविद्यालय, पशुपति स्वास्थ्य केन्द्र, पशुपति वृद्धाश्रम, पशुपति गौशाला निर्माणका साथै पशुपति क्षेत्रका बि–१३ क्षेत्रका बासिन्दाको पुनःस्थापनका लागि योजना बनाइएको छ ।  कोषले तयार पारेको यो गुरुयोजना मन्त्रालयमा पुगेको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र कार्यान्वयनको चरणमा जानेछ ।

२३१ रोपनी जग्गा नै गायब

कोषका नाममा रहेको २३१ रोपनी जग्गा नै हराएको पाइएको छ । कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो । कोषका कोषाध्यक्ष थापाले उक्त जग्गा खोला, बाटोमा परेको हुनसक्ने बताउँदै खोजी गर्ने काम भइरहेको बताए । कोषसँग अहिले देशभर १८ हजार ३४२ रोपनी पाँच आना जग्गा छ ।(रासस)

लोकप्रीय

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

विचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

थप समाचार

ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
ताजा समाचार

बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.