५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि

२६ असार ७७, शनिबार

२७ असार, काठमाडौं ।
काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ।

Advertisement

अस्पताल स्रोतका अनुसार मिर्गौलाका विरामी रहेका उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको हो। गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा आउँदा पोजेटिभ आएको हो। उनको शव शनिबार बिहानै नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको अस्पतालले जनाएको छ।
उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार भर्ना हुँदा नै उनको अवस्था गम्भिर थियो। ‘उहाँमा मिर्गौला, खुट्टाको क्यान्सर, थाइराइडको समेत समस्या थियो। अस्ति मृत्युपछि कोरोना परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो,‘ अस्पताल स्रोतले भन्यो।

मृतकको ठेगाना काठमाडौं लेखिएको पाइएको छ। तर उनी ठ्याक्कै कुन ठाउँको हो भन्ने यकिन भएको छैन। योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top