डोल्पा पुग्यो सलहको बथानः बाली नष्ट पार्दै

२६ असार ७७, शनिबार

२७ असार, डोल्पा ।
हिमाली जिल्ला डोल्पामा पनि सलह किरा पुगेको छ ।

रुकुम र जाजरकोटमा पर्ने सिमावर्ती क्षेत्रमा पुगेको केही दिनमै डोल्पामा पनि सलहको बथान नै आइपुगेको हो । जिल्लाको मुड्केचुला गाउँपालिका,जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिकामा सलह देखिएको छ ।

सलहले डोल्पामा मकै र आलु बारीमा क्षति पुर्‍याएको कृषकहरुले गुनासो गरेका छन् । तल्लो भेगमा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा सबैभन्दा धेरै सलह किराको बथान देखिएकाले क्षति पनि धेरै पुर्‍याएको स्थानीयले बताए । भदौ महिनामा पाक्ने गरि रोपिएका मकै बारीमै पुगेर सखाप पार्न थालेपछि कृषक चिन्तित भएका छन् ।

Advertisement

सुरुसुरुमा फाट्फुट देखिएपनि बिहीबार बिहानैदेखि ठुलो झुण्डमा आलु र मकै बारीमा पसेर सबै खाएपछि कृषकहरु चिन्तित भएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशबराज जैसीले जानकारी दिए ।

हजारौंको संख्यामा आएका सलहलाई भाँडाकुँडी बजाएर भगाउन खोज्जा समेत नगएकोे कृषकहरुले दुखेसो पोखे । अहिले जगदुल्ला र मुड्केचुलाका कृषकहरु बारीमै बसेर सलह किरा धपाउन थालेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top