विम्बल्डन टेनिस रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने

२६ असार ७७, शनिबार

२७ असार, एजेन्सी ।
कोरोना भाइरस महामारीको कारण विम्बल्डन टेनिस रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने भएका छन् ।

अल इङ्ल्याण्ड क्लबले कोरोनाले प्रतियोगिता रद्द भएपनि पुरस्कार राशीको रुपमा १ दशमलव २५ करोड डलर वितरण गर्ने घोषणा गरेको हो । बिमा कम्पनीसँग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने घोषणा गरेको हो ।

विम्बल्डनमा २ सय २४ खेलाडीले छनोटमा भाग लिएका थिए । छनोटमा भाग लिने प्रत्येक खेलाडीले जनही १५ हजार ६ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । योसँगै जोडी स्पर्धामा सहभागी १ सय २० खेलाडीले जनही ७ हजार ८ सय, ब्हील चेयर स्पर्धामा भागलिने १६ खेलाडीले ७ हजार ५ सय र चार खेलाडीको ब्हीलचेयरमा भाग लिने खेलाडीले जनही ६ हजार २ सय डलर पाउने भएका छन् ।

Advertisement

कोरोनाकै प्रभावका कारण क्रिकेट अष्ट्रेलियाले आफ्नो प्रशिक्षण र अन्य विभागका कर्मचारीको तलब कटौती गरेको थियो । विश्वभर कोरोनाले बित्तीय संकट सिर्जना गरेको अवस्थामा विम्बल्डनले सिजन रद्द भएपनि खेलाडीलाई पुरस्कार बाँड्ने निर्णय गरेको हो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top