वैदेशिक राेजगारीका नाममा ५४ करोड ठगी

२७ असार ७७, आइतबार

काठमाडौं : वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्।

वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी (संस्थागत) तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल (व्यक्तिगत) तर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ ठगी भएको छ। एक हजार दुई सय ४१ जनाले विभिन्न बहानामा म्यानपावर तथा व्यक्तिगत रूपमा ठगी भएको भन्दै विभागमा उजुरी दिएका हुन्। यसमध्ये म्यानपावरतर्फ नौ सय चार वटा र व्यक्तिगततर्फ तीन सय ३७ वटा उजुरी परेको छ।

चालू आर्थिक वर्षको चैतसम्म दर्ता भएको तीन सय ३७ उजुरीसहित विगतदेखि थाती रहेका एक हजार एक सय ९२ जनाको ८० करोड ३६ लाख ६२ हजार आठ सय ९० रुपैयाँ ठगी भएको छ। यसमध्ये यो वर्ष उजुरी परेका एक सय ८७ जनाको १८ करोड ७७ लाख बिगोसहित विगतदेखि थाती रहेका तीन सय ९६ जनाको ४१ करोड ३४ लाख अदालतमा बिगो दावी गरिएको छ। संस्थागत रूपमा भएका ठगी छिटो छिनोफानो हुने गरी व्यक्तिगत ठगीका उजुरीमा समयमै सुनुवाई हुन नसक्दा कामदार मारमा परेका छन्।, याे खबर अन्नपूर्ण पाेस्ट दैनकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top