बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

२८ असार ७७, आइतबार

२८ असार, झापा । उदयपुरमा निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ ।

उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ ।

Advertisement

यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ भने मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो ।

Advertisement

उता मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top