सङ्खुवासभा पहिराे : उद्धारमा खटिएका व्यक्तिकै मृत्यु

२८ असार, संखुवासभा ।
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा अबिरल बर्षाको कारण पहिरो जाँदा ९ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन् । यसै गरी उद्धारमा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको छ ।

Advertisement

आज बिहानको राती २ बजे सिलिचोङमा पहिरो गएको खबर प्राप्तहुन साथ प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । स्थानिय २ जना स्वास्थ्यकर्मी र स्थानिय मानिस सहित उद्धारमा खटिएको अवस्थामा हाल सम्म ५ जनालाइ उद्धार गरी स्वास्थ्यकर्मीहरुबाट उपचार भईरहेको छ।

उद्धारमै खटिएको अवस्थामा स्थानिय २५ बर्षीय मदन राई एक्कासी वेहोस भएकोमा उनको आज बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बेपत्ता भएका ११ जनाको भनि खोजी कार्य भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top