NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ? मङ्लबार असार ३१ , २०८२
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी मङ्लबार असार ३१ , २०८२
आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’ मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

पहिरोसंगै पुरिए खुशी

मङ्लबार असार ३० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
पहिरोसंगै पुरिए खुशी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० असार, तनहुँ ।
केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन ।

उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए । पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनीहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए । राति १२ बजे अकस्मात पहिरो झर्दा आनबहादुर र श्रीमती त बाँच्न सफल भए तर उनीहरुका दुई छोरा र दुई बुहारी र नातिनीको भने ज्यान गयो ।

घटनापछि आनबहादुर सकुशल छन् भने उनकी श्रीमती ज्योतिमायालाई उपचारका लागि पोखरा पठाइएको छ । “आनबहादुर र ज्योतिमाया सुतेको पुरानो घर भत्किए पनि उहाँहरुको ज्यान जोगिएको छ”, ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भने, “तर सँगै जोडिएको नयाँ घर भने पूरै भत्किएर पाँच जनाको निधन भयो ।”

Advertisement

पहिरोले घर पुरिँदा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी पाँच वर्षीया अमिषा, २२ वर्षीय महादेव र निजकी श्रीमती १९ वर्षीया मनिसराको निधन भयो । एकै परिवारका पाँच जनाको पहिरोले पुरिएर निधन भएपछि सिङ्गो गाउँ नै स्तब्ध छ । “एकदमै नसोचेको घटना भयो, गाउँ पूरै स्तब्ध छ”, उनले भने ।

रातिको समयमा घटना घटेकाले स्थानीयवासीले थाहा पाउँदा बिहानको ५ बजेको थियो । लगत्तै प्रहरीलाई खबर पुगेपछि प्रहरी पनि घटनास्थलमा पुगेर पहिरोमा पुरिएकाको उद्धारमा जुटेको थियो । साथै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । दिनभरको प्रयासपछि घरमा पुरिएका पाँच जनाको नै शव निकालिएको छ

विदेश जाने सपना पहिरोमा बिलायो

व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको निधन भएको छ ।

स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ४० वर्षीया कमला, छोराहरु २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अन्जनाको निधन भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर घाइते केशरबहादुरलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

केशरबहादुरका २० वर्षीय राजेश भने अझै बेपत्ता छन् । पहिरोमा पुरिएर मृत्यु भएका मनोज वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गर्दै थिए तर उनको विदेश जाने सपना पहिरोमै बिलाएको छ । मनोज वैदेशिक रोजगारीका लागि दुबई जान काठमाडौँ यात्राको तयारी गर्दै थिए ।

रातिबाटै परेको पानी घरभित्र पसेपछि केशरबहादुर पानी बाहिर फाल्दै थिए । अचानक घर पुरिँदा केशरबहादुर भाग्न सफल भए तर घरभित्रका सबै जनाको पहिरोले पुरिएर निधन भयो । व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको निधन भएको छ । त्यस्तै व्यास नगरपालिका–११ ओडारेका पदम चेपाङ पहिरामा बेपत्ता भएका छन् ।

मृतकका परिवारलाई राहत

ऋषिङ गाउँपालिकाले पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई सोमबार राहत रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडित आनबहादुर थापालाई राहतस्वरुप रु एक लाख प्रदान गरे । जनताको दुःखमा मलम लगाउन राहतस्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । म्याग्दे गाउँपालिकाले पहिरोले पुरिएर मृत्यु भएका वडा नं ६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको परिवारलाई तत्कालका लागि राहतस्वरुप रु ५० हजार प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मृतकको घरमा पुगेर आफन्तलाई उक्त रकम हस्तान्तरण गरे । पहिरोले गाउँपालिकाका विभिन्न वडामा ६१ घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क आएको छ । विस्थापित भएका परिवारलाई राहतको व्यवस्था मिलाइने अध्यक्ष रानाले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यद्वारा दुःख व्यक्त

तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले तनहुँ जिल्लामा पहिरोमा पुरिएर भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार प्रेस विज्ञप्तिमार्फत सांसद श्रेष्ठले पहिरोमा पुरिएर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । पहिरोमा परी बेपत्ता भएकाहरुको शीघ्र खोजी गरी अवस्था पत्ता लगाउन सम्बन्धित सरोकारपक्षसँग आग्रह गर्दै सांसद श्रेष्ठले प्राकृतिक प्रकोपमा पर्नुभएका सम्पूर्ण नागरिकको उद्धार र राहतमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिबाट बच्न गरिने पूर्वतयारी र सावधानी अपनाउन नसकिएको हो कि भन्ने महसुस गरिएको भन्दै सांसद श्रेष्ठले भने, “विपद्को अवस्थामा हामीले विगतको कमजोरीबाट पाठ सिक्दै भविष्यमा विपत्तिबाट जोगिन सक्ने सबै उपायहरुको अवलम्बन खोजी गरिनुपर्छ ।”(रासस)

लोकप्रीय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२

विचार

थप समाचार

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

ताजा समाचार

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी
अन्तर्राष्ट्रिय

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.