×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

स्वास्थ्य सामग्री खरिदको छानविन गर्न कांग्रेसको पुनः माग

३१ असार २०७७

३१ असार, काठमाडौँ ।

नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

Advertisement
Advertisement

समितिका संयोजक प्रकाशशरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानविन गरी कारबाही गर्न माग गरिएको बताए । उनले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप नचल्दा संक्रमण फैलने दर बढेको भन्दै मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्न माग गरिएको बताए । पीसीआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । निजी क्षेत्रलाई पनि पीसीआर किट आयात गर्न र परीक्षण गर्न दिन माग गरिएको महतले बताए । देशभित्र पीपीई लगायतका स्वास्थ्य सुरक्षा समाग्री उत्पादन गर्न प्रोत्साहन गर्न र सम्भावित संक्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको सुनिश्चितता गर्न समेत कांग्रेसले माग गरेको छ । संयोजक महतले स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरुको बीमा गर्न समेत माग गरे । उनले पटक पटक कर्मचारीको सरुवा गर्ने प्रवृतिले पनि कोभिड १९ को उपचारमा समस्या आएकोले सरकारलाई गम्भिर हुन आग्रह गरे ।

सरकार जिम्मेवार नभएकाले कोभिड १९ व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले मात्रै लिनुपरेको महतले बताए । नेपाली कांग्रेसको नेतृत्व रहेका स्थानीय तहमा सरकारले आफ्ना कार्यकर्ता सम्मिलित उपभोक्ता समिति बनाई सिधै बजेट पठाएर काम गरेको पाइएको उनले बताए । कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई समान्य अवस्थामा ल्याउन सरकारले कुनै काम गर्न नसकेको निष्कर्ष पनि कांग्रेसले गरेको छ । आर्थिक संकटमा परेका कृषि, यातायात, पर्यटन, निर्माण उद्योग, व्यापार व्यवसाय लगायतका साना तथा मझौला व्यवसायलाई सुचारु गरी रोजगारीका अवसरहरु कायम गर्न र राहतको प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको महतले बताए ।

स्वास्थ्य मन्त्रालयले महामारी व्यवस्थापनको नेतृत्व लिन नसकेको निष्कर्ष निस्किएको महतले बताए । समुदायमा गई ट्रेसिङ र ट्रयाकिङ गरी परिक्षणको दायरा बढाउन पर्नेमा क्वारेन्टाइनमा रहेकाहरुलाई मात्रै परिक्षण सिमित गरेको पाइएको महतले बताए । बढ्दो आत्महत्या र मातृ मृत्युदर, घरेलु हिंसा तथा कोभिड १९ बाहेकका अन्य स्वास्थ्य सेवामा देखिएको समस्या समाधान गर्न समेत कांग्रेसले माग गरेको छ । नियमित खोप कार्यक्रमलाई निरन्तरता नदिदा बाल मृत्युदर बढेको निष्कर्ष कांग्रेसको छ । विदेशबाट बेरोजगार भई फर्केका र देशभित्रै बेरोजगार भएकाहरुलाई गाउँगाउँमा रोजगारी सुनिश्चित गर्न र न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था गर्न पनि माग गरेको छ ।

Advertisement
Advertisement

कोभिड १९ बाट आहत भएका उद्योग व्यवसायहरुलाई बैंकहरु मार्फत ब्याजमा राहत, सावाँ ब्याजको भुक्तानीमा थप समयको व्यवस्था लगायतका उपायहरु अवलम्बन गर्न समेत माग गरेको छ । भौतिक दुरी कायम गरी सार्वजनिक यातायातलाई सञ्चालन गर्न यातायात व्यवसायीहरुसँगको छलफलको आधारमा आवश्यक सुरक्षा सामग्री, मास्क तथा राहतको व्यवस्था गर्न समेत माग गरेको छ । शिक्षा क्षेत्रमा देखिएको शैक्षिक अन्यौल समाप्त पार्न संक्रमणको यथार्थ मूल्याङ्कनको आधारमा समुचित सुरक्षा व्यवस्था सुनिश्चित गरी एक भन्दा बढी सिफ्टमा माध्यमिक विद्यालय, कलेज, विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्था गर्न समेत कांग्रेसले माग गरेको छ । रोकिएका सबै तहका परीक्षहरु थ्प परिक्षा केन्द्रको व्यवस्था गरी सुरक्षित रुपमा सम्पन्न गर्ने प्रबन्ध मिलाउन समेत माग गरेको छ । कृषि बाली लगाउने समय भएकाले कृषकलाई आवश्यक बिउबिजन, मलखादको सुलभ र सहुयितपूर्ण व्यवस्था तत्काल मिलाउन माग गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top