Nepal Times
Nepal Times
3
Shares

सिरियामा रहेका नेपाली महिला फर्कन मानेनन्

सिरियामा रहेका नेपाली महिला फर्कन मानेनन्

काठमाडौं – हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार (हाउससमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।

सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा  सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो ।

दूतावासका प्रवक्ता सुजन बिडारीले भने,

-उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं ।

-तर, उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन् ।

-उनीहरु आफ्नो काममा खुसी देखिन्छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.