×

NEPAL TIMES UPDATES

Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026

कमजोर बन्दै देउवा: नेताहरूको दौडधुप बाक्लियो

६ बैशाख २०७५

काठमाडौं – पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत मनोनयन गरेका छैनन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

मनोनयनलाई लिएर महाधिवेशनताका उनकै गुटमा रहेका नेतासमेत उनीविरुद्ध लागेपछि देउवाले पदाधिकारी मनोनयन गरी पार्टीभित्र आफ्नो पक्कड कायम राख्न खोजेको देखिएको छ । मनोनीतमा पर्न देउवा खेमा बाहिरका नेताहरूको समेत दौडधुप बाक्लिएको छ । यद्यपि, देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत वा मानबहादुर विश्वकर्मालाई मनोनीत गर्ने सम्भावना रहेको निकटस्त स्रोत बताउँछ ।

Advertisement
Advertisement

निर्वाचनपश्चात् सभापति देउवाविरुद्ध कांग्रेसका अन्य सबै गुट उत्रिएपछि उनी कमजोर देखिन थालेका हुन् । केही महिनायता भइरहेका भ्रातृ संगठनका प्रतिस्पर्धामा देउवा खेमाका उम्मेदवार पराजित गर्दै पौडेल र सिटौला समूहका नेताले बाजी मार्नुले त्यही संकेत गर्छ । १३औँ महाधिवेशनमा पार्टीभित्र प्रस्ट बहुमत ल्याएका देउवाले केही प्रमुख भ्रातृसंगठनमा आफ्नो पक्षकालाई नियुक्त गरेका थिए ।

नेविसंघ र तरुण दलको पदाधिकारीमा देउवाले सिटौलाकै सिफारिसमा संगठनका केही प्रभावशाली पदसमेत दिएका थिए । संघ, प्रदेश र स्थानीय चुनावमा हार व्यहोरेपछि देउवाविरुद्ध सिटौला, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सबै एक भएका हुन् । पार्टी बैठकमा सबैले एक स्वरमा देउवाको तीव्र आलोचना गर्ने गरेका छन् ।

नयाँ गठजोडकै कारण गत महिना निर्माण मजदुर संघ, नेपाल शिक्षक संघ, निजामती कर्मचारी संघ र यातायात मजदुर संघको नेतृत्वमा देउवा खेमा पराजित भएका छन् भने पौडेल र सिटौलाको तर्फबाट संयुक्त बनेका उम्मेदवारहरू नेतृत्वमा पुग्न सफल भएका छन् । २० र २१ फागुनमा भएको निर्माण मजदुर संघको अधिवेशनले जेबी गुरुङको नेतृत्वमा ४३ सदस्यीय समिति निर्वाचित गरेको थियो । गुरुङको नेतृत्वमा पौडेल र सिटौला खेमाको सेट नै विजयी भएको थियो । त्यसैगरी, २ र ३ चैतमा भएको शिक्षक संघको अधिवेशनमा पनि देउवा पक्ष बढारिएको थियो । पौडेल समूहका राजेन्द्रराज पौडेलको प्यानलले देउवा खेमाको प्यानललाई नै हराएको हो ।

शिक्षक संघको पदाधिकारीमा देउवा पक्षबाट एक मात्र उम्मेदवारले जित निकालेका थिए । शिक्षक संघको निर्वाचनमा पनि पौडेल समूहका उम्मेदवारलाई सिटौला समूहले सघाएको थियो । त्यसैगरी, ४ देखि ७ चैतसम्म चितवनमा भएको कर्मचारी संघको अधिवेशनले पनि सभापति देउवा खेमालाई साइड लगाउँदै पौडेल र सिटौला पक्षको नेतृत्व जिताएको थियो । देउवा पक्षका राजेन्द्र बुढाथोकीलाई हराउँदै पौडेल नजिकका गोपालप्रसाद पोखरेल नेतृत्वमा आए । १६ र १७ चैतमा भएको यातायात मजदुर संघको अध्यक्षमा धर्म भण्डारी, वरिष्ठ उपाध्यक्ष कुमार केसी र महासचिव नुरनाथ पन्त चयन भए । भण्डारी पनि पौडेल र सिटौला समूहकै उम्मेदवार थिए ।

१३ आँै महाधिवेशनबाट सभापति भएलगत्तै देउवाले नेविसंघ सभापतिमा आफूनिकटका नैनसिंह महरलाई सर्वमम्मत रूपमा अध्यक्ष बनाएका थिए । त्यतिबेला देउवाले सिटौला समूहको तर्फबाट कुन्दनराज काफ्लेलाई महासचिव बनाएका थिए । यसैगरी, तरुण दलमा सभापतिले आफूनिकटलाई सभापति बनाएर पछि पौडेल पक्षकालाई महासचिव बनाएका थिए । ‘पछिल्लो समय हामी पौडेलसँग केही कुरामा एक भएकै हांै,’ १३ औँ महाधिवेशनमा पौडेलप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै आफ्नो छुट्टै समूह खडा गरी सभापतिको उम्मेदवारी दिएका सिटौला भन्छन्, ‘यो सधँै रहिरहन्छ भन्ने अहिल्यै यकिनसाथ भन्न नसकिए पनि गत निर्वाचनपछि अहिलेका लागि हामी एउटै सहकार्यमा छौँ ।’

Advertisement

९ चैतमा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टीभित्र गुट मौलाएको भन्दै आलोचना गरे । शेखर कोइरालाले बैठकमा भनेका थिए, ‘पार्टीभित्र कुनै गुटमा सामेल नभए जिम्मेवारी नै नपाउने अवस्था पार्टीमा सिर्जना भएको छ ।’ अर्का नेता प्रकाशमान सिंहले सभापति देउवाले आफूनिकट नेता-कार्यकर्ताभन्दा अन्यलाई समेट्न नसकेको आरोप लगाएका थिए । पछिल्लो महाधिवेशनमा मुख्य रूपमा तीन गुट कांग्रेसभित्र देखिएको थियो ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top