×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

नारायणी नदीको कटानले एक दर्जन गाउँ जोखिममा

१ श्रावण २०७७

१ साउन, कावासोती ।

मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले बताए । “एघार कट्ठा जमिन थियो, आधा नारायणीले बगायो”, चौधरीले भने, “बाँकी पनि क्रमशः काटिरहेको छ ।”

Advertisement
Advertisement

यस क्षेत्रमा मात्रै नारायणी नदीका कारण करिब १०० बिघा जग्गा बगरमा परिणत भएको ३, का वडाध्यक्ष अमरबहादुर महतोले बताए । पछिल्लोपटक रतनपुरमा भएको कटानले रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, बरुवा, भडारालगायतका गाउँसमेत जोखिममा परेको छ । “रतनपुरमा कटान तीव्र रहेको छ, यहाँबाट नदीले धार परिवर्तन गरे करिब एक दर्जन बस्ती र सयौँ बिघा खेतीयोग्य जमिन बगर बन्नेछ”, महतोले भने ।

चितवनतर्फको धार परिवर्तन हुँदै नदी नवलपुरको भागमा आउँदा कटान बढेको स्थानीय तोयनारायण महतोले बताए । रतनपुरमा नारायणी नदी साविकको बहाव क्षेत्रदेखि करिब तीन किलोमिटर नवलपुरतर्फ सरेको उनले बताए । यस क्षेत्रका सयौँ घरपरिवार नदीका कारण विस्तापित बनेका छन् ।

नदीको कटान बढेपछि गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ, संविधानसभा सदस्य जीवन श्रेष्ठसहित भीमलाल अधिकारीको टालीले कटान क्षेत्रको निरीक्षण गरेको छ । प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले स्थानीय बजेटबाट मात्रै नदी नियन्त्रणको कार्य असम्भव भएकाले प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापनमा लाग्नुपर्ने बताए ।

Advertisement

“कटान तीव्र छ, जोखिम बढ्दो छ, तत्काल नियन्त्रणको पहल आवश्यक छ, मैले गण्डकी प्रदेशका मुख्यमन्त्रीसमक्ष कुरा गरिसकेको छु”, प्रदेशसभा सदस्य गाहाले भने । प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले गैँडाकोटदेखि त्रिवेणीसम्म नै बाँध निर्माण गर्न आवश्यक रहेको र यसका लागि प्रदेशसँगै सङ्घीय सरकारले कदम चाल्नुपर्ने बताए ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top