२ साउन, काठमाडौं । शुक्रबार दिउँसो ३ बजेको लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सारिएको बताएका हुन् ।आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका सारिएको थियो पछि फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबिच भेट हुने सहमति यसअघि नै भएको थियो।
बिहीबार प्रधानमन्त्री ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । तीन नेताबीच अन्य विषयमा सहमति हुन नसके पनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो ।
तीन नेताबीच आजको स्थायी समितिले केन्द्रीय कमिटी बैठकको निर्णय तोक्ने समेत सहमति भएको थियो ।