भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै ३४९५६ जना संक्रमित

२ साउन, एजेन्सी । कोरोना भाइरसको दैनिक संक्रमण दरमा भारतले फेरी नयाँ रेकर्ड बनाएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ संक्रमित फेला परेका छन् । योसँगै भारतमा संक्रमित संख्या १० लाख नाघेको छ । यस्तै यस अवधिमा ६ सय ८७ जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा १० लाख ३ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ भने मृतक संख्या २५ हजार ६ सय २ पुगेको छ । भारतमा १ सय ३७ दिनको अवधिमा संक्रमित संख्या १० लाख नाघेको टाइम्स अफ इण्डियाले जनाएको छ।

Advertisement

भारत विश्वको तेश्रो धेरै संक्रमित भएको मुलुक हो । संक्रमित संख्याको आधारमा अमेरिका पहिलो र ब्राजिल दोश्रो नम्बरमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top