×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

उच्च जोखिमक्षेत्र देखिएको सुदूरपश्चिममा सङ्क्रमण दर न्यून हुँदै

३ श्रावण २०७७

३ साउन, महेन्द्रनगर ।
मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते यहाँका नौ जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ थिए । उक्त संख्यामा सङ्क्रमित देखिँदा यहाँ ५२ जना कोरोना जितेर घर फर्किएका थिए ।

Advertisement
Advertisement

असार १५ आइपुग्दा यहाँ सङ्क्रमितको संख्या ह्वात्तै बढेर दुई हजार २६६ पुग्यो । त्यसको दश दिनपछिको तथ्याङ्क हेर्दा सङ्क्रमितको संख्या बढेर तीन हजार ७५३ पुग्यो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतलगायत अन्य मुलुकबाट आएका नागरिकमा मात्रै कोरोना सङ्क्रमण देखिएको बताए ।

‘यहाँ समुदायमा कोरोना फैलिन पाएन्, निर्देशक डा. अवस्थीले भने,– ‘कोरोनासितको लडाइमा होमिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतमा यसको सङ्क्रमण देखियो ।’ निर्देशनालयको तथ्याङ्क हेर्दा असार अन्तिममा यहाँ सङ्क्रमतिको संख्या तीन हजार ८०१ पुग्दा निको हुनेको संख्या भने एक हजार ५८५ पुगेको थियो ।

सुदूरपश्चिममा सुरुवातदेखि नै सबैभन्दा बढी सङ्क्रमण कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । हालसम्म कैलालीमा मात्रै ८९० जनामा कोरोना देखिएको कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले जानकारी दिए ।

कोभिड–१९ सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति नरेन्द्र कार्कीले सङ्क्रमणको दायरा साघुरिँदै गएको बताए। ‘असारमा सङ्क्रमण बढेपनि साउनयता घट्दो गतिमा छ’, उनले भने, ‘निको भएर फर्किने क्रम पनि बढेको छ ।’

बिहिबार तीन हजार ८८० देखिएकोमा शुक्रबार भने एकजना मात्र बढेको देखिएको छ । सुदूरपश्चिममा तीन हजार ८८१ जनामा सङ्क्रमण देखिँदा एक हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् ।

यहाँ २९ हजार ७८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने एक हजार ५१० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोनाबाट यहाँ हालसम्म आठ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हरेकदिन जसो सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस सङ्क्रमणको ग्राफसहितको विवरण सार्वजनिक गर्छ । कोरोना सङ्क्रमितको स्वास्थ्य उपचार, परीक्षण र सङ्क्रमितहरुको ‘ट्राभल हिष्ट्री’समेत सङ्कलन गरेर रोकथाम तथा न्यूनीरकणमा लाग्नुपर्ने निकायले नै उमेर समूहका आधारमा सङ्क्रमित देखाइएका वयोवृद्ध सम्पर्कमा छैनन् ।

निर्देशनालयको तथ्याङ्कमा ९० वर्षमाथि एक जना सङ्क्रमित रहेको देखाएपनि ती सङ्क्रमित भनिएका व्यक्ति न स्थानीय तहको सम्पर्कमा छन् नत कुनै सरोकारवाला निकायको नै ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १८ गते सुदूरपश्चिममा ९६ जनामा कोरोना सङ्क्रमण भेटियो । जसमा कैलालीको जानकी गाउँपालिकामा ९७ वर्षीय पुरुषसहित छ जनामा सङ्क्रमण देखिएको बताइएपनि सङ्क्रमित वृद्धको परिचय भने खुलेको छैन।

कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले भने, ‘प्रदेश निर्देशनालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वृद्ध जानकी गाउँपालिका भनेपनि त्यहाँ पनि छैनन् ।’

उमेरसमुहका आधारमा देखाइएको पीसीआर पोजेटिभको संख्या ९० वर्षदेखि माथि एक जना रहेको ग्राफमा उल्लेख छ । कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरी ९७ वर्षीय पुरुष सङ्क्रमित ग्राफमा देखाइएपनि पालिकामा नभएको बताए ।

यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने ती ९७ वर्षीय सङ्क्रमितको कोरोना सङ्क्रमण भएको पुष्टिसहितको रिपोर्ट गत असार १८ गते त्रिभुवन शिक्षण अस्पतालबाट आएको बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले प्रदेशमा देखिएका ७० वर्षमाथिका सबै वृद्धवद्धा भारतबाटै आएको दाबी गरे ।

Advertisement

‘वृद्धवद्धा राजेगारीदेखि, छोरा छोरीसित भारतमा बस्दै आएको र कोरोनाका कारण घर फर्किदा सङ्क्रमण देखिएको हो’, निर्देशक डा. अवस्थीले भने, ‘सुदूरपश्चिममा एक जना बाहेक अरुमा स्थानीय सङ्क्रमण अझै देखिएको छैन ।’(रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top