योगेन्द्र योगी
४ साउन, दोहा ।
कोरोना भाइरसका कारण स्वदेश फर्किन नसकेकाहरु मध्ये तेस्राे चरणमा साउदीबाट ८६१ जना नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदीबाट नेपाल र हिमालय एयरलाइन्सले पाँच उडान गरेको छन् । जसमा नेपाल एयरलाइन्सले दुई र हिमालय एयरलाइन्सले तीन उडान गरेको दूतावासले जनाएको छ ।
दूतावासले दिएको जानकारी अनुसार उडानमा कोरोनाका रोजगारी गुमाएका, करार अवधि सकिएका, काजकिरियामा जानुपर्ने, दीर्घ बिरामी लगायतलाई प्राथमिकता राखेर स्वदेश पठाइएको जनाएको छ ।
दूतावासका अनुसार उक्त उडानहरुमा साउदीमा विभिन्न समयमा मृत्यु भएका नेपालीहरु मध्ये दूतावासले कानुनी प्रक्रिया पुरा गरि अन्तिम संस्कारको लागि ४ वाट शव पनि पठाएको छ ।
त्यस्तै घर फिर्ती केन्द्रमा रहेका नेपालीहरु मध्ये राजधानी रियादबाट १३ जना तथा दमामबाट ८ जना गरि २१ जनालाई पनि स्वदेश पठाइएको दूतावासले जनाएको छ ।