खुमलटारमा जुटे नेकपा सचिवालय र स्थायी समितिका नेताहरु

४ साउन, काठमाडौं ।
कहिले ओली–प्रचण्ड एक्लाएक्लै त कहिले राष्ट्रपति तथा अन्य नेताहरुसंगको पटक–पटकको छलफलले पनि नेकपाको आन्तरिक किचलो साम्य हुन सकिरहेको छैन् ।

आज पनि प्रचण्ड निवास खुमलटारमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ जना सचिवालय सदस्य र केही स्थायी समितिका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरु पनि छलफलमा उपस्थित छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादललाई पनि छलफलमा बोलाइए पनि हालसम्म उपस्थित नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

Advertisement

शनिबारको सचिवालयमा भएका छलफल त्यसअघि अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलमाबारेमा समीक्षा गर्न छलफलमा बसेको एक स्थायी समति सदस्यले बताए । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आत्मआलोचना गरी अहिले कुनै विवाद नगर्न र जतिसक्दो छिटो महाधिवेशन गएर सबै छिनोफनो गर्ने प्रस्ताव गरेका थिए।

सचिवालय बैठक अगाडि शनिबार दिउँसो दुई अध्यक्षबीच दुई घण्टा छलफल भएको थियो । सो छलफलमा प्रचण्डले ओलीसँग कुनै कुराको लेनदेनमा सहमति गरेको आशंका अन्य नेताहरुले गरेका छन् ।

Advertisement

उनीहरुले प्रचण्डलाई ओलीले पटक–पटक धोका दिएकाले कुनै खालको सहमतिमा विश्वास नगर्न सुझाव दिएको स्रोतको भनाइ छ । खुमलटारमा जुटेका नेताहरुबीच यी सबै विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।

शनिबार बेलुका प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले ओलीसँग अर्का अध्यक्षको छलफल मात्रै भएको तर कुनै सहमति नभएको भन्दै गलत प्रचारबाजी नगर्न आग्रह गरेकी थिइन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top