NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

सिन्डिकेट विरुद्ध भिड्दै सरकार

शुक्रबार बैशाख ७ , २०७५
Reading Time: 1 min read
A A
सिन्डिकेट विरुद्ध भिड्दै सरकार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

सिन्डिकेटको प्रवद्र्धन गर्दै आएको यातायात व्यवसायी महासंघको आन्दोलनमा सरिक हुने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनलाई सरकारले कारबाही गर्ने भएको छ । सरकारले सिन्डिकेट खारेज गरेपछि यातायात व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पनि समर्थन जनाएको छ । नेपाल आयल निगमले अत्यावश्यक पदार्थको सूचीमा पर्ने इन्धन ढुवानी र बिक्रीमा अवरोध गर्ने ढुवानी व्यवसायी महासंघ र डिलर एसोसिएसनलाई कारबाही गर्ने तयारी गरेको हो ।

‘सिन्डिकेट प्रवद्र्धन हुने आन्दोलनमा सहभागी भएको विषयमा हामीलाई कुनै जानकारी गराइएको छैन्’, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘निगमसँग आवद्ध भएर सरकारविरुद्ध नै आन्दोलन गरेको फेला परेमा हामी तत्कालै कारबाही गर्छाै । ढुवानी गर्ने ट्यांकर र हामीसँग आवद्ध भइ इन्धनको कारोबार गर्ने पेट्रोलपम्पको अनुमति नै खारेज गर्नेसम्मको आन्तरिक तयारी गरेका छौं ।’ निगमसँग आवद्ध भइ सिन्डिकेटलाई प्रोत्साहन हुने गतिविधि सहिय नहुने भट्टराईले बताए ।

पेट्रोलियम पदार्थ ढुवानी विनियावली मापदण्ड पूरा गर्ने ट्यांकरलाई निगमले सम्झौता गरी इन्धन ढुवानी गर्न अनुमति दिँदै आएको छ । इन्धन ढुवानी गरेवापत निगमले वैज्ञानिक भाडा दरअनुसार ट्यांकर ढुवानीकर्तालाई भाडा उपलब्ध गराउँद ैआएको छ । ‘इन्धन ढुवानी गरेबापत भाडा पनि राज्यले नै उपलब्ध गराएको छ । यात्रुवाहक सवारीसाधन ट्यांकर नभएकाले सिन्डिकेटको प्रवद्र्धन हुने गरी आन्दोलनमा जाने प्रश्नै उठ्दैन्’, भट्टराईले भने,‘उनीहरूले आन्दोलन नै गरिदिए पनि देशभर इन्धनको अभाव हुन नदिन पनि हामी आन्तरिक तयारी गरेका छौं ।’

LS Auto

निगमका अनुसार नेपालमा ६० प्रतिशतको हाराहारीमा ठूला ट्यांकर र ४० प्रतिशतको हाराहारीमा साना ट्यांकर व्यवसायी सक्रिय छन् । ठूलो व्यवसायीसँग ४० देखि ६० वटा र सानासँग औसतमा एक एक ट्यांकर छन् । देशभर अहिले एक हजार पाँच सयको संख्यामा ट्यांकर सञ्चालनमा छन् । निगमको विनियावलीअनुसार प्रत्येक दुई÷दुई वर्षमा व्यवसायीले ट्यांकरको नवीकरण गरेपछि मात्रै पुन ःसञ्चालनमा ल्याउन पाइन्छ । निगमको विनियावलीमा अनुमति पाएको ट्यांकरले ढुवानी गर्नुपर्ने उल्लेख छ । ट्यांकरमा लोड भएको इन्धन निगमले तोकेको स्थानसम्म पुरयाउनुपर्ने व्यवसायीको दायित्व भएको उल्लेख छ । विनियावली विरुद्ध जाने ढुवानी व्यवसायीको सम्झौता रद्द गर्ने र नवीकरण रोक्कासम्मको व्यवस्था छ ।

यसैगरी इन्धन बिक्री गर्ने डिलरलाई इन्धन बिक्री गर्न दिने अनुमति प्रदान गर्नुका साथै निगमले कमिसनमा ३ प्रतिशत रकम उपलब्ध गराउने, इन्धनको प्राविधिक नोक्सानी सुविधा, बिमा सुविधा उपलब्ध गराउँदै आएको छ ।

यता ढुवानीसँग आवद्ध साना व्यवसायीले भने आफूहरूसँग छलफल नै नगरी ढुवानी महासंघले यातायात सिन्डिकेटको पक्षमा ऐक्यबद्धता जनाएको आरोपसमेत लगाएका छन् । ढुवानी महासंघका केन्द्रीय सदस्य विनोद मानन्धरले ढुवानी महासंघले साना व्यवसायीसँग छलफल नगरी आफूखुसी गरेको आरोप लगाए । ‘हामीसँग न सल्लाह गरियो, नत छलफल नै नगरियो । सिन्डिकेट आन्दोलनमा एकलौटी रूपमा महासंघले ऐक्यबद्धता जनायो । यसरी गर्न मिल्दैन’, उनले भने, ‘ढुवानी क्षेत्रमा पनि ठूला ट्यांकर व्यवसायीको सिन्डिकेटका कारण हामी साना व्यवसायी पिल्सिएका छौं ।’

ढुवानी महासंघको एकलौटीका कारण चालक र सहचालकको संगठन नेपाल यातायात स्वतन्त्र इकाइ पनि पीडित बनेका छन् । अमलेखगञ्जस्थित इकाइका अध्यक्ष विजय लामाले ढुवानी महासंघले आन्दोलनमा गरेको ऐक्यबद्धताका बारेमा मजदुरलाई जानकारी नभएको दाबी गरे ।

ढुवानी महासंघका अध्यक्ष विश्व अर्यालले संविधानले संघसंस्था खोल्न पाउने मौलिक अधिकार प्रदान गरेकाले यातायात व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताए । पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले आन्दोलनप्रति नैतिक समर्थन मात्रै भएको दाबी गरे । उनले पनि संगठित हुन पाउनुपर्ने माग अघिसारेका छन् ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.