×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको बोलपत्र भदौमा आह्वान गरिने

४ श्रावण २०७७

३ साउन, काठमाडाैँ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उनले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गरे ।

Advertisement
Advertisement

एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके असोजसम्ममा बोलपत्र आह्वान गरिने उनको भनाइ थियो । त्यस्तै एक वर्षभन्दा लामो समयको आयोजनालाई दशैँतिहार, छठलगायत चाडपर्वभन्दा पहिले नै ठेक्का प्रक्रिया शुरु गरिने उनको प्रतिबद्धता थियो । उनले भने, ‘मन्त्रालयले गर्ने विकासनिर्माणमा असार कुर्ने होइन, समयमा नै काम गर्छौँ ।’

मन्त्री नेम्वाङले अर्को प्रसङ्गमा भौतिक मन्त्रालयमा दरबन्दीभन्दा धेरै कम जनशक्ति कार्यरत रहेको बताए । मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी पहिलो श्रेणीका १३, दोस्रो श्रेणीका ४०, इञ्जिनीयर ११६ र सबइञ्जिनीयर १५० दरबन्दी रिक्त छन् । मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएकामा फाइल त्यहीँ अड्किएको उनले बताए ।

केही वर्ष पहिलेसम्म झोलुङ्गे पुल भए पुग्ने स्थानमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको मन्त्रालयले जनाएको छ । देशभरमा अहिले झण्डै एक हजार पाँच सय पुल निर्माणाधीन भए पनि तीमध्ये एक वर्षमा दुईदेखि तीन सयसम्म मात्रै सम्पन्न गर्न सक्ने क्षमता व्यवसायीको भएको बताइएको छ । मन्त्री नेम्वाङले भने, “त्यसैले पनि कुन ठाउँमा कति पुल बढी आवश्यक छ भनी हामीले छुट्टाउनैपर्छ ।”

सो अवसरमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुलका नयाँ योजना थप्नेभन्दा भएकै योजना पूरा गर्नुपर्नेमा जोड दिए । अहिलेसम्म सङ्घीय सरकारले नै स्थानीय र प्रदेश सडकमा पुल निर्माण गरिरहेको बताउँदै उनले भने, “केही समयका लागि त्यही उपयुक्त होला तर विस्तारै हामीले जिम्मेवारी हस्तान्तरण गर्दै जानुपर्छ ।”

Advertisement

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पहिले असारे विकास भनिए पनि अहिले निर्माणका काम मङ्सिरपुसमै भइरहेको बताए । कतिपय स्थानमा पुल निर्माण सयमभन्दा ढिलाइ भइरहे पनि कतिपय स्थानमा निर्माण व्यवसायीले समयभन्दा पहिले नै पुल सम्पन्न गरिरहेको जिकिर उनले गरे ।रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top