रुग्ण पुलहरुको निर्माण सुरु गर्न संसदीय समितिको सरकारलाई निर्देशन

४ साउन, काठमाडौँ ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले देशभरका रणनीतिक सडक अन्तर्गत रुग्ण पुलहरुको कार्ययोजना तयार गरी निर्माण सुरु गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । विभिन्न निर्माणाधिन पुलहरुको सन्दर्भमा छलफल गर्न बसेको समितिको बैठकले देशभर रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजना सहित निर्माण प्रक्रिया सुरु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

Advertisement

समिति सभापति कल्याणी कुमारी खड्काले देशभरका रणनीतिक सडक अन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरिय रुपमा निर्माण सम्पन्न गर्न निर्देशन दिइएको बताइन् । उनले भनिन ‘देशभरका रणनीतिक सडक अन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरीय रुपमा तोकिएको समय भित्र निर्माण सम्पन्न गर्न त्यसको वित्तीय सुनिश्चितता कायम गरी चालु आर्थिक वर्षमा त्यस्ता पुलहरुको निर्माण गर्ने कार्ययोजना सहितको प्रक्रिया आरम्भ गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

समितिले काठमाडौंको टेकु स्थित विष्णुमती पुलको प्राविधिक पक्ष र गुणस्तरमा कमि भएको अवस्थामा सम्बन्धित पक्षलाई कारबाही भएको सम्बन्धी विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । निर्माणधिन तिनकुनेको बागमती पुल, हुलाकी राजमार्गमा पर्ने बागमती पुल र रौतहतको टिकुलियामा रहेको पुलको निर्माण समयमै सम्पन्न नगर्नेमाथि कस्तो कारबाही भएको छ विवरण उपलब्ध गराउन समेत मन्त्रालयलाई निर्देशन दिइएको सभापति खडकाले बताइन् । उनले भनिन् ‘निर्माण सम्पन्न भएको काठमाडौंको टेकुस्थित विष्णुमती नदिको पुलमा प्राविधिक पक्ष एवं गुणस्तरमा कमजोर भएको साथै निर्माणधिन अवस्थामा रहेका काठमाडौंको तीनकुने स्थित बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको बागमती पुल, रौतहटको टिकुलीघाट पुल लगायतका महत्वपूणर् पुलहरुको निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन नसक्नु र प्राविधिक पक्ष एवं गुणस्तरमा कमि हुनुमा सम्बद्ध जिम्मेवार पक्षहरुलाई मन्त्रालयबाट के कस्तो कारबाही गरियो त्यसको विवरण र आगामी कर्ययोजना समेत उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

Advertisement

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारका कामहरुमा असर परेको भन्दै पदपूर्तिको व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनशक्ति परिपूर्ति गर्न तयार पारेको ओएनएम रिपोर्ट स्वीकृत गरी मन्त्रालयको कामकाजमा सहजता लयाउने वातावरण निर्माण गर्न निर्देशन दिइएको सभापति खड्काले बताइन् । उनले भनिन् ‘दक्ष प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारसँग सम्बद्ध आयोजनाहरुको काम समयमा गुणस्तरीय रुपमा सम्पन्न हुन नसकेको कामको अनुगमन निरिक्षणमा बाधा परेको साथै प्राविधिक जनशक्तिको अत्याधिक कमको चापले विकास निर्माणका कामहरु अवरुद्ध भइरहेको सन्दर्भमा सम्बद्ध आवश्यक जनशक्ति परिपूर्ति गर्न मन्त्रालयबाट तयार गरिएको ओएनएम रिपोर्ट तत्काल स्वीकृत गरी मन्त्रालयको कामकाजमा सहजता र सिघ्रता ल्याउने वातावरण तयार गर्न समिति नेपाल सरकार अर्थ मन्त्रालय र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन गर्दछ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top