नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

५ साउन ७७, मंगलबार

६ साउन, नवलपरासी । नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । बुलिङटार गाउँपालिका २ को डाँडाझेरीमा मङ्गलबार बिहान पहिरोमा पुरिएर श्रीमान् श्रीमती ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार ज्यान गुमाउनेमा डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिनिमाया नेपाली रहेका छन् ।

सुतिरहेको समयमा मङ्गलबार बिहान ४ बजेको समयमा पहिरोले घर पुरिँदा दुवै जनाको ज्यान गएको हो । पहिरोमा पुरिएका दुवै जनाको शव स्थानीयले निकालेका हुन् ।

Advertisement

यस्तै सोमबार राति विनयी त्रिवेणी गाउँपालिका ४ मा दुम्किबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप खहरे खोलाले बगाएको छ । पिकअप बगाए पनि मानवीय क्षति भने नभएको डीएसपी खाँणले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top