त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजबाट खुल्ने

६ साउन ७७, बुधबार

७ साउन, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु आज बुधबारदेखि नै पुनः सञ्चालन हुने भएका छन् । त्रिभिुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय, सुचना जनसम्पर्क महाशाखाले मंगलबार विज्ञप्ति जारी गरी नियमित पठनपाठन र पुस्तकालय सञ्चालन गर्ने जनाएकाे छ।

सरकारले निषेध गरेको बाहेक अन्य कार्यहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका २०७७ अवलम्बन गर्दै सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।

Advertisement

विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो। मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निणर्य गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top