आफ्ना अभिभावकको हत्या गर्ने तालिबान लडाकु मारेर चर्चित बनिन् अफगान किशोरी

७ साउन, एजेन्सी ।
गत साता आफ्ना अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी समाजिक सञ्जालमा चर्चित बनेकी छन्।

अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके–४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन्। उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए। किशोरीका बुवा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको अधिकारीहरूको भनाइ छ।

पछिल्ला दिनहरूमा राइफल समातेको युवतीको फोटो भाइरल भएको छ। उक्त घटनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आक्रमण गर्न थप लडाकु पुगेका थिए। तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आक्रमणमा परेका थिए।

Advertisement

अधिकारीहरूले किशोरी १४ देखि १६ वर्ष उमेरको हुनसक्ने ठानिएको र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको बताएका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले किशोरीको प्रशंसा गरेका छन्।

साहसलाई सलाम
समाचारसंस्था एएफपीका अनुसार नजिबा रह्मीले फेसबुकमा लेखेकी छन्, उनको हिम्मतलाई सलाम छ।

Advertisement

फेसबुकमै मोहमद सलेहले टिप्पणी गरेका छन्, हामीलाई थाहा छ, अभिभावक गुमाउनुको वियोग अपूरणीय हुन्छ, तर तिमीले लिएको बदलाले तुलनात्मक रूपमा शान्ति दिनेछ। स्थानीय सञ्चारमाध्यमका अनुसार घोर पश्चिमी अफगानिस्तानको निकै अविकसित प्रान्त हो।

त्यहाँ महिलाविरुद्धको हिंसा निकै उच्च छ। तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो। तर उसका कैयौँ सदस्यहरूले अझै पनि अफगानिस्तानको वर्तमान सरकार र संविधानको अन्त्य गर्न आग्रह जारी राखेका छन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top