स्याङ्जाको गल्याङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

६ साउन ७७, बुधबार

७ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका १० मा पहिरोले घर भत्किएर पुरिँदा मायाँ सारुको ज्यान गएको छ ।

उनकी छोरी २० वर्षीया नारायणीको भने स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् । बेलुका खाना खाएर सुतेका उनीहरुलाई स्थानीय बासिन्दाले बिहान मात्र पुरिएको अवस्थामा देखेका थिए ।

सारुको ग्रहौं प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top