कोरोनाका कारण ६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कारको वार्षिक समारोह रद्द

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ ।

६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह आयोजना नहुने भएको हो ।

यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन ।

Advertisement

नोबेल पाउण्डेशनका अनुसार कोरोना महामारीको अवस्थामा नोबेल पुरस्कार र समारोह नयाँ तरिकाबाट गरिनेछ ।

कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै सबैले यहीअनुसार चल्नुपर्ने फाउण्डेशनले बताएको छ ।

Advertisement

यसअघि सन् १९५६ मा तत्कालीन सोभियत सङ्घले हङ्गेरीमाथि आक्रमण गर्दा नोबेल पुरस्कार समारोहको आयोजना गरिएको थिएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top